हेडलाईनसमाचारबागमती

सिन्धुलीको खुरकोट प्रहरी हिरासतमा थुनुवा मृत्यु प्रकाण : एसपी सुवेदीदेखि जवानसम्म कारबाहीको सिफारिसमा

प्रहार समाचार । सिन्धुली , १२ जेठ २०८३ मंगलबार । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा जिल्ला प्रहरी प्रमुखदेखि तल्लो तहका प्रहरी जवानसम्म कारबाहीको सिफारिस भएपछि प्रहरी संगठनभित्र हलचल पैदा भएको छ। हिरासतभित्रै एक युवकको ज्यान गएपछि गठन गरिएको छानबिन समितिले प्रहरी प्रशासनको गम्भीर लापरबाही औंल्याउँदै प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीसहित १० जना प्रहरीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो। प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले समितिको प्रतिवेदनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

खुरकोट प्रहरीको हिरासतमा रहेका सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि घटनाले रा

ष्ट्रिय ध्यान तानेको थियो। त्यसपछि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले हिरासत सुरक्षा, निगरानी र जिम्मेवारी वहनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकाल्दै एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने र एक जनाको ग्रेड घटुवा गर्न सिफारिस गरेको छ।छानबिन प्रतिवेदनले हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को प्रभावकारी कार्यान्वयन नभएको स्पष्ट उल्लेख गरेको छ। ड्युटीमा रहेका प्रहरी नियमित निगरानीमा कमजोर देखिएको, हिरासतभित्र हुने असामान्य गतिविधि समयमै रिपोर्ट नगरिएको तथा संवेदनशील घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी अभाव रहेको समितिको ठहर छ। विशेषगरी अन्तरजातीय सम्बन्ध, नाबालिग संलग्नता र सामाजिक तनाव निम्त्याउन सक्ने प्रकृतिका घटनामा अनुसन्धान तथा हिरासत व्यवस्थापन झनै जिम्मेवार हुनुपर्नेमा त्यसो हुन नसकेको औंल्याइएको छ।समितिले अब प्रत्येक प्रहरी इकाइमा हिरासतको अवस्था नियमित अनुगमन गर्न, ड्युटीमा खटिएका प्रहरीलाई अन्य काममा संलग्न हुन नदिन, हिरासत सुरक्षा प्रणाली कडाइका साथ लागू गर्न र जिल्ला प्रहरी प्रमुखको सुपरीवेक्षण थप प्रभावकारी बनाउन निर्देशनात्मक सुझाव दिएको छ। घटना व्यवस्थापन, सूचना समन्वय र अनुसन्धान प्रक्रियामा सुधार नगरे यस्ता घटना दोहोरिन सक्ने चेतावनीसमेत प्रतिवेदनले दिएको छ। यसबीच कारबाही सिफारिसमा परेका एसपी लालध्वज सुवेदीको भने यसअघि नै सिन्धुलीबाट सरुवा भइसकेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button