हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा चट्याङ पर्दा दुई महिला घाइते, भरतपुरमा रिफर

प्रहार समाचार । तनहुँ, ८ जेठ २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा बिहीबार साँझ परेको चट्याङले दुई महिला घाइते भएका छन् । साँझ करिब ६ बजेतिर स्थानीय सन्तराज थापाको घरको आँगनमा एक्कासी चट्याङ पर्दा घर आसपास रहेका महिलाहरू घाइते भएका हुन् ।

घटनामा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ निवासी ३५ वर्षीया भिमकुमारी थापा र व्यास–१४ रुम्सीकी ६७ वर्षीया पुरनमाया थापा घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेपछि दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको थियो ।

प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि दुवै घाइतेको अवस्था थप निगरानी आवश्यक देखिएकाले चिकित्सकले चितवनस्थित सीएमसी अस्पताल भरतपुर रिफर गरेका छन् । वर्षासँगै चट्याङको जोखिम बढिरहेका बेला सुरक्षित स्थानमा बस्न र खुला ठाउँमा ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button