हेडलाईनसमाचारगण्डकी

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन : कार्यविभाजन हेरफेर गर्दै मुख्यमन्त्री पाण्डे

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । कास्की, २ बैशाख २०८२ बुधबार । गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा हेरफेर तथा कार्यविभाजन परिवर्तन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।

२०८१ जेठ १६ मा गठन भएको मन्त्रिपरिषद् पुनः संरचना गर्दै विभिन्न मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको हो।नयाँ कार्यविभाजनअनुसार गोविन्द बहादुर नेपाली लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। हेरौं मन्त्रीहरुको नाम र मन्त्रालयहरुको विभाजन :

त्यस्तै नन्दप्रसाद न्यौपाने लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, जितबहादुर शेरचन लाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ। भीमबहादुर कार्की आर्थिक मामिला मन्त्रालयको नेतृत्वमा रहनेछन् भने यशोदा रिमाल कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन्।त्यसैगरी रेखा गुरुङ लाई उद्योग तथा पर्यटन मन्त्रालय, लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्रालय र नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। पुनः समायोजनपछि प्रदेश सरकारका मन्त्रालयहरूमा कार्य प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button