लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

ओलीको दाबी: ‘पूर्वाग्रहपूर्ण अभियोगपछि प्रमाण नपुग्दा रिहा’

प्रहार समाचार । २६ गते चैत्र बिहिबार । काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफूलाई सरकारद्वारा पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाइएको आरोप लगाएका छन्। ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको दाबी गरेका छन्।

उनले मुद्दा चलाउन आवश्यक आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन्। उनका अनुसार, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।”ओलीको यो अभिव्यक्तिले पछिल्लो राजनीतिक परिस्थितिमा सरकारमाथि प्रश्न उठाएको छ भने यस विषयमा सरकारतर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button