लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

श्रममन्त्री दीपककुमार साह पदमुक्त, पदीय दुरुपयोग विवादले चर्कायो राजनीतिक हलचल

प्रहार समाचार । काठमाडौं, २६ चैत्र २०८२ बिहिबार । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्। पार्टीको सिफारिसअनुसार प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेको जनाइएको छ। रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई पत्र पठाएका थिए।

मन्त्री साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरेपछि उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो। उनी चैत १३ गते अन्य मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए। यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाबारे विस्तृत अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पार्टीलाई बुझाएको थियो।

उक्त प्रतिवेदनमा मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर असर पार्ने निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा सभापति लामिछानेले आयोगको प्रतिवेदनसहित प्रधानमन्त्रीसमक्ष कारबाहीको सिफारिस गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button