काठमाडौं — पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उनीहरूलाई चैत २५ पछि हिरासतमा नराख्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयन गर्दै प्रहरी प्रशासनले रिहाइको निर्णय गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्दै आवश्यक प्रक्रिया पूरा गरी दुवै जनालाई हाजिर जमानीमा रिहा गरिएको हो। यस निर्णयसँगै राजनीतिक वृत्तमा समेत यसको चर्चा सुरु भएको छ।



























