हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजाको मौसम : देशभर बदली, विभिन्न स्थानमा वर्षा

प्रहार समाचार । काठमाडौँ, २६ चैत २०८२ बिहीबार । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशीसहित पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने जनाइएको छ। केही पहाडी तथा हिमाली क्षेत्र र मधेसका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।


आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button