प्रहार समाचार । काठमाडौं, २५ चैत्र २०८२ बुधवार । क । नेपाल सरकारले लामो दूरीका सार्वजनिक यातायातका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य, सञ्चालन खर्च तथा बजारको अवस्थालाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको हो। नयाँ दर अनुसार यात्रुहरूले अब लामो रुटका सवारी साधन प्रयोग गर्दा परिमार्जित भाडा तिर्नुपर्नेछ।









विभागले जारी गरेको सूचनामा देशभर लागू हुनेगरी भाडादर संशोधन गरिएको उल्लेख गरिएको छ। साथै, सेवाग्राहीलाई सहजता दिन र यातायात व्यवसायीलाई पनि राहत पुग्ने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ।नयाँ भाडादर तत्काल लागू भएको विभागले जानकारी दिएको छ।



























