प्रहार समाचार । तनहुँ, २५ चैत २०८२ बुधबार । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज साँझ करिब ६ बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग ११ प ८३३२ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–३० बस्ने ६९ वर्षीय सप्तना कँवर घाइते भएका छन्। उनको दाहिने हातको पाखुरा र बाँया हातको सानो औंलामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६६ वर्षीय मोहन घिमिरे गम्भीर घाइते भएका छन्। उनको टाउको र मुखमा गहिरो चोट लागेको छ भने बोल्न नसक्ने अवस्थामा रहेका छन्।
दुवै घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। घिमिरेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय थर्पुबाट प्रहरी नायब निरीक्षक केशबहादुर कुमालको कमाण्डमा ट्राफिकसहित पाँच जनाको टोली खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।



























