हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय सभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

प्रहार समाचार । काठमाडौँ,२३ चैत २०८२ सोमबार । नेकपा (एमाले) की सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन्।

आज बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनको निर्विरोध निर्वाचन भएको घोषणा गरेका थिए।


निर्वाचनपछि अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भण्डारी कांग्रेस, नेकपालगायत दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी हुन्। भण्डारी यसअघि संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी अनुभवी नेतृ हुन्।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button