काठमाडौँ, २३ चैत २०८२ सोमबार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै अर्यालले संसद्लाई निष्क्रियता होइन, सक्रिय कार्यसम्पादनको थलो बनाउनु पर्नेमा जोड दिए ।
उनले सदनलाई असल संवैधानिक अभ्यासमार्फत सुसञ्चालन गर्न सबै दलको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जनताले पाँच वर्षका लागि दिएको जनादेश केवल अधिकार नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीसमेत भएको बताए ।


























