हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २२ चैत २०८२ आईतबार । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा अन्य तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने बताइएको छ । साथै मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।


आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा मधेश र कोशीका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button