हेडलाईनसमाचारप्रदेश

ओली थुनामा नै रहने : सर्वोच्चले माग्यो सरकारसङ्ग जवाफ

प्रहार समाचार । काठमाडौँ, १६ चैत २०८२ सोमबार । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ। अदालतले “किन पक्राउ गरियो?” भन्ने स्पष्ट जवाफ दिन आदेश दिएको हो। तर, तत्काल रिहा गर्न भने अदालतले अन्तरिम आदेश दिएको छैन।

न्यायाधीश मेघराज पोखरेल को इजलासले सरकारलाई लिखित जवाफ दिन भनेको छ। अब सरकारले ओलीलाई किन थुनामा राखिएको हो भन्ने कानुनी आधार देखाउनुपर्नेछ। यसले मुद्दा अझै गम्भीर बनेको छ।


यसअघि पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक को मुद्दामा पनि अदालतले यस्तै आदेश दिएको थियो। अदालतले दुवै जनाको पक्राउबारे स्पष्ट कारणसहित बहसका लागि उपस्थित हुन सरकारी पक्षलाई निर्देशन दिएको छ। ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्य ले बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। प्रहरीले भदौ २३ र २४ गतेका घटनामा अनुसन्धानका लागि ओली र लेखकलाई पक्राउ गरेको थियो। अब अदालतको आदेशपछि सरकारमाथि पक्राउको कारण प्रमाणित गर्ने दबाब बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button