हेडलाईनसमाचारविजनेसप्रदेश

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ : कारण के हो ?

प्रहार समाचार । काठमाडौँ, १६ चैत २०८२ सोमबार । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पुतलीसडकबाट नियन्त्रणमा लिएको हो ।

कम्पनीभित्रै कर्मचारीलाई छुट्याइएको सेयरमा अनियमितता भएको आरोपपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीका अनुसार कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा किर्ते कागजात प्रयोग गरिएको आशंकामा अर्याललाई पक्राउ गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रारम्भिक अध्ययनपछि उक्त प्रकरणमा गम्भीर अनियमितता देखिएको भन्दै अनुसन्धानका लागि प्रतिवेदन सीआईबीमा पठाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।

घटनाले बीमा क्षेत्रमा मात्रै होइन, समग्र पुँजीबजारमै तरंग ल्याएको छ । कर्मचारीकै हकको सेयरमा चलखेल भएको आरोपले संस्थागत सुशासनमाथि प्रश्न उठेको छ भने नियामक निकायहरूको निगरानी भूमिकामाथि पनि बहस सुरु भएको छ । अब अनुसन्धानबाट वास्तविकता बाहिरिएपछि मात्रै अर्यालमाथिको आरोप पुष्टि हुने वा नहुने टुंगो लाग्नेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button