लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारविचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसबै प्रदेश

शिक्षा मन्त्रालयको नया कदम : ‘ब्रिज कोर्स’ कार्यक्रम पूर्ण रूपमा बन्द

प्रहार समाचार । काठमाडौँ, १६ चैत २०८२ सोमबार । सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रियालाई लक्षित गरी सञ्चालन हुँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ तथा ‘ब्रिज कोर्स’ कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रवक्ता शिवकुमार सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने निष्कर्षसहित बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार २०८२ चैत १३ गते मन्त्रीस्तरबाट निर्णय गर्दै २०८३ साल वैशाख १ गतेदेखि देशभर यस्ता सबै कक्षा सञ्चालनमा रोक लगाइनेछ। मन्त्रालयले यस्ता कार्यक्रमले शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने देखिएकाले बन्द गर्ने निर्णय लिएको जनाएको छ।

प्रेस विज्ञप्तिमा विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया अघि सञ्चालन हुँदै आएका सबै प्रकारका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ। साथै, मन्त्रालयले यस्ता कार्यक्रम सञ्चालन भए नभएको अनुगमन गर्न र सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button