हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाड-हिमालमा वर्षा र हिमपात, तराईमा आंशिक बदली

प्रहार समाचार । काठमाडौँ, ८ चैत २०८२ आइतबार । देशभर पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायु सक्रिय हुँदा मौसममा व्यापक बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ । यही प्रणालीका कारण कोशी र मधेशका केही स्थानसँगै बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मध्यम खालको वर्षा तथा हिमपात भइरहेको छ ।


महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा बादल कायमै रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा समेत क्षणिक वर्षा हुन सक्ने अनुमान गरिएको छ । यसले दैनिक जनजीवन, विशेषगरी सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने देखिएको छ ।


राति भने मौसम क्रमशः सुधारतर्फ जाने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा सामान्य बदली रहँदा पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहनेछ । यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पुनः मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले चिसो बढ्ने तथा चट्याङको जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button