हेडलाईनसमाचारप्रदेश

दक्षिण एशियामै सबैभन्दा खुसी राष्ट्रमध्ये नेपाल अग्रस्थानमा

प्रहार समाचार । काठमाडौँ ७ चैत २०८२ शनिबार ।संयुक्त राष्ट्रसंघद्वारा सार्वजनिक गरिएको वोर्ड ह्याप्पि रिपोर्ट अनुसार नेपाल दक्षिण एशियाका देशहरूमध्ये सबैभन्दा खुसी राष्ट्रको रूपमा उभिएको छ। रिपोर्टअनुसार नेपालले विश्व स्तरमा मध्यम स्थान हासिल गरे पनि दक्षिण एशियाली देशहरूमध्ये भने अग्रस्थानमा परेको उल्लेख गरिएको छ।

हालैको तथ्यांक अनुसार नेपाल विश्वभरका करिब १ सय ४७ देशमध्ये करिब ९२औँ स्थानमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार भएको सूचक हो। दक्षिण एशियामा नेपालपछि पाकिस्तान, बंगलादेश, श्रीलंका र भारत क्रमशः पछि रहेका छन्। रिपोर्टले नागरिकहरूको खुशी मापन गर्न मुख्य रूपमा ६ सूचकहरू प्रयोग गरेको छ जसमा आम्दानी जिडिपी (GDP), सामाजिक सहयोग, स्वास्थ्य अवस्था, स्वतन्त्रता, उदारता, भ्रष्टाचारको स्तरजस्ता पक्षहरू समावेश छन्।

विशेषज्ञहरूका अनुसार आर्थिक चुनौतीहरू हुँदाहुँदै पनि नेपाली समाजमा रहेको सामाजिक सम्बन्ध, समुदायिक सहयोग र सकारात्मक जीवनशैलीले खुशीको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। समग्रमा, विश्व स्तरमा अझै सुधारको आवश्यकता रहे पनि नेपालले दक्षिण एशियामा सबैभन्दा खुसी राष्ट्रको पहिचान बनाउनु सकारात्मक संकेतका रूपमा लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button