हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

प्रकाश सपुतको राजनीति यात्रा कि कलाकारिता ?

प्रहार समाचार । काठमाडौँ ७ चैत २०८२ शनिवार। गायक तथा अभिनेता प्रकाश सपुतले आफू पुनः कलाकारितामा सक्रिय रूपमा फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले अब पूर्ण रूपमा मनोरञ्जन क्षेत्रमा केन्द्रित हुने बताएका हुन्।उनले लेखेका छन्, “अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु।

मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर बन्न चाहन्छु। सपुतले भनेका छन्। उनको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम चयनमा परेन । आफ्नो नाम नपरेका सपुतले सांसद बन्न नपाएकोमा कुनै गुनासो नरहेको स्पष्ट पारेका छन्। निर्वाचनपछि एक समय ‘म छुटेँ’ भन्ने अनुभूति भए पनि आफ्नो उद्देश्य पूरा भएकोमा सन्तुष्टि रहेको उनको भनाइ छ।“छोटो तयारीका बीच उत्कृष्ट नतिजा ल्याएर पास भएको विद्यार्थी जस्तै म खुसी छु, मेरो कुनै गुनासो छैन,” उनले उल्लेख गरेका छन्। सपुतले समानुपातिक सूचीमा नपरेपछि पार्टी सभापति रवि लामिछानेसँग भएको संवादसमेत सार्वजनिक गरेका छन्।

यसअघि नै कलाकारितामा फर्किने संकेत दिएका उनले अब पुनः संगीत र अभिनय क्षेत्रमा सक्रिय हुने बताएका छन्।उनी आगामी चैत १७ (मार्च ३१) मा आयरल्याण्डमा आयोजना हुने ‘चैते दशैं म्युजिक कन्सर्ट’ मा प्रस्तुति दिन लागेका छन्। बागलुङ समाज आयरल्याण्डको आयोजनामा हुने उक्त कार्यक्रममा उनको प्रस्तुति रहनेछ। यसैगरी, सपुत अभिनीत फिल्म ‘परालको आगो’ को प्रचारप्रसारमा पनि उनी संलग्न हुनेछन्। उक्त फिल्म बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button