हेडलाईनसमाचारप्रदेश

रुकुम पूर्वमा भारी हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

प्रहार समाचार । काठमाडौँ ७ चैत २०८२ शनिबार । रुकुम पूर्वमा गएरातिदेखि निरन्तर भइरहेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भुमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। तस्बिरहरु : सामाजिक संञ्जाल

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार उक्त क्षेत्रमा काठमाडौँबाट छुटेका रात्रिबसहरू समेत फसेका छन्। प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार हालसम्म ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल हिमपातमा फसेका छन् भने २५० भन्दा बढी यात्रुहरू समस्यामा परेका छन्।

निरन्तर हिमपात र वर्षाका कारण सडक सञ्चालनमा कठिनाइ भइरहेको छ। साथै, सो क्षेत्रमा दूरसञ्चार सेवा समेत अवरुद्ध हुँदा उद्धार तथा समन्वय कार्यमा थप चुनौती थपिएको छ। यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button