प्रहार समाचार । ४ चैत २०८२ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको शपथग्रहण सम्पन्न भएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयनलगायतका अन्य प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी गरिरहेको छ।रास्वपाले उक्त शपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्नेछ। पार्टीले फागुन २१ को निर्वाचनमा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।बालेन शाहलाई संसदीय दलको नेता बनाउन पार्टी विधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताइएको छ।

“सांसदहरूको शपथपछि मात्रै दल नेता चयन प्रक्रिया अघि बढ्छ,” प्रवक्ता झाले बताएका छन्।उनका अनुसार रास्वपा प्रक्रियागत ढंगले अघि बढ्नेछ। हाल रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै प्रतिनिधि सभामा १८२ सिट हासिल गरेको छ र एकल सरकार गठन गर्ने तयारीमा रहेको छ।



























