हेडलाईनसमाचारप्रदेश

शव बोकेको हेलिकोप्टर खोटाङमा दुर्घटना : दुर्गम क्षेत्रमा हवाई सुरक्षामाथि प्रश्न

प्रहार समाचार । खोटाङ, ४ चैत २०८२ बुधबार । काठमाडौंबाट शव बोकेर गएको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ बलाबेँसी क्षेत्रमा अवतरण गर्ने क्रममा आज दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार हेलिकोप्टर अवतरणकै क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो। घटनाबारे प्रारम्भिक विवरण संकलन भइरहेको छ भने विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।

दुर्घटनापछि स्थानीयवासी तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक उद्धारमा जुटेका छन् भने नेपाल प्रहरीसहित सुरक्षा निकाय पनि परिचालित भएका छन्। दुर्गम भूगोल र अवतरणस्थलको अवस्था चुनौतीपूर्ण भएकाले उद्धार तथा व्यवस्थापन कार्यमा केही कठिनाइ भएको बताइएको छ। हालसम्म मानवीय क्षति तथा घाइतेबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।


यस घटनाले दुर्गम क्षेत्रमा सञ्चालन हुने हवाई सेवाको सुरक्षा, अवतरणस्थलको मापदण्ड र जोखिम व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक रूपमा मौसम, प्राविधिक अवस्था र स्थलको संवेदनशीलतामाथि अनुसन्धान केन्द्रित गरिने जनाइएको छ भने सम्बन्धित निकायले विस्तृत छानबिनपछि वास्तविक कारण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button