समाचार

नवनिर्वाचित सांसदको शपथ चैत १२ मा हुने तयारी

प्रहार समाचार । ४ चैत २०८२ बुधबार ।संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि तयारी सुरु गरेको छ। महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार चैत १२ गते शपथ गराउने गरी प्रारम्भिक तयारी गरिएको छ। निर्वाचन आयोगले चैत ५ गतेसम्म अन्तिम प्रतिवेदन बुझाउने बताएकाले त्यसपछि औपचारिक रूपमा शपथको मिति तय गरिने उनले जानकारी दिए। ‘आयोगको प्रतिवेदन आएपछि शपथको दिन टुंगो लाग्छ, हालसम्म चैत १२ गतेका लागि तयारी भइरहेको छ,’ पाण्डेयले भने।

 

परम्पराअनुसार नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सांसदले शपथ गराउने छन्। ज्येष्ठ सांसदले पहिले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ। यसपटक ७८ वर्षीय अर्जुननरसिंह केसी सबैभन्दा ज्येष्ठ सांसद छन्। शपथग्रहण कार्यक्रम सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा तयार पारिएको अस्थायी हलमा आयोजना गरिनेछ। नयाँ संसद भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी संरचना प्रयोग गर्न लागिएको हो।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको पुरानो संसद भवन आन्दोलनका क्रममा जलेर नष्ट भएको थियो। यसैबीच, शपथग्रहणको तयारी, बैठक सञ्चालनको डेकोरम तथा अन्य व्यवस्थापनबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूको बैठक बिहीबार बोलाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button