हेडलाईनव्याससमाचारगण्डकीविजनेस

दमौलीमा ‘मुक्तिनाथ भिडियो मिक्सिङ सेन्टर’ : दुई दशकको निरन्तरता, विश्वासको पहिचान

प्रहार समाचार । तनहुँ, ४ चैत २०८२ बुधबार । २०६२ सालमा स्थापना भएको मुक्तिनाथ भिडियो मिक्सिङ सेन्टर आज दमौली बजारमा भिडियो सम्पादन तथा मिडिया सेवाको विश्वसनीय केन्द्रको रूपमा स्थापित भएको छ। सानो प्रयासबाट सुरु गरिएको यस व्यवसायले समयसँगै आफ्नो सेवा विस्तार गर्दै ग्राहकको भरोसा जित्न सफल भएको छ ।


यस संस्थाका प्रोप्राइटर आलोक कुमार कुमाल र सरु कुमालको निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको प्रतिबद्धताले आज यो स्थानमा आइपुगेको हो। सुरुवाती चरणमा सीमित प्रविधि र स्रोतसाधनका बीच काम थालेका उनीहरूले समयअनुसार प्रविधि अद्यावधिक गर्दै सेवाको गुणस्तरमा सुधार ल्याएका छन्।


मुक्तिनाथ भिडियो मिक्सिङ सेन्टरले विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, मेला–महोत्सव लगायतका विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको भिडियो छायांकन, सम्पादन, मिक्सिङ, फोटो स्टुडियो सेवा, डिजिटल एल्बम निर्माण, म्युजिक भिडियो सम्पादन लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, ग्राहकको चाहना अनुसार आधुनिक शैलीका भिडियो निर्माण तथा आकर्षक प्रेजेन्टेशनमा पनि विशेष ध्यान दिने गरिएको छ।


“ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो” भन्ने मूल मन्त्रका साथ अगाडि बढिरहेको यस सेन्टरले गुणस्तरीय सेवा, समयमै काम सम्पन्न गर्ने बानी र उचित मूल्यका कारण स्थानीय स्तरमा राम्रो छवि बनाएको छ। प्रविधिको विकाससँगै आफूलाई अद्यावधिक गर्दै अघि बढ्ने लक्ष्यसहित मुक्तिनाथ भिडियो मिक्सिङ सेन्टरले आगामी दिनमा अझ व्यापक सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button