लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

रवि लामिछानेसम्बन्धी मुद्दामा दायर रिट ‘हेर्दाहेर्दै’मा, सोमबार पुनः सुनुवाइ

प्रहार समाचार । २ चैत २०८२, सोमबार। रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आइतबार नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।

समय अभावका कारण इजलासले सोमबार पुनः सुनुवाइ गर्ने गरी मुद्दा स्थगित गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार रिट निवेदक पक्ष तथा सरकारी पक्षका वकिलहरूले बहस गरेका थिए। महान्यायाधिवक्ता सविता भण्डारी बराल पनि बहसका लागि स्वयं उपस्थित भएकी थिइन्। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र अनुपम भट्टराईलगायतले बहस गर्दै अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने प्रयास गरिएको दाबी गरेका थिए। उनीहरूले यस्तो निर्णयलाई मान्यता दिँदा महान्यायाधिवक्ताले अधिकार दुरुपयोग गर्ने अभ्यासको सुरुआत हुन सक्ने भन्दै सर्वोच्च अदालतले न्यायिक हस्तक्षेप गर्नुपर्ने तर्क राखेका थिए।

रिट निवेदक पक्षको बहस सकिएपछि महान्यायाधिवक्ता बरालले आफ्नो निर्णयको बचाउ गर्दै बहस गरेकी थिइन्। उनले उक्त निर्णय राजनीतिक प्रतिशोधको आशंका तथा थप प्रमाण फेला परेको आधारमा अभियोगपत्र संशोधन गर्न अनुमति दिएको स्पष्ट पारिन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार महान्यायाधिवक्ताको बहसपछि समय अभावका कारण इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबार टुंगो लगाउने प्रस्ताव गरेको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button