हेडलाईनसमाचारप्रदेश

समानुपातिक सांसदको सूची आयोगमा : रास्वपा ५७ सहित ६ दलका ११० जना प्रतिनिधिसभामा

प्रहार समाचार । काठमाडौं, २ चैत २०८२ सोमबार । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएका छन्। समानुपातिक मतमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका छ राजनीतिक दलले आइतबार आयोगमा सूची पेश गरेका हुन्। आयोगले अब ती नामहरू समावेशी समूहको मापदण्डअनुसार मिलेको/नमिलेको जाँच गर्ने प्रक्रिया सुरु गर्ने भएको छ।

समानुपातिकतर्फ कुल ११० सिटमध्ये सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ। रास्वपाले ५७ सिट पाएको छ भने नेपाली कांग्रेस ले २०, नेकपा (एमाले) ले १६, नेकपा ले ९, नेपाल श्रम संस्कृति पार्टी ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्।


निर्वाचन आयोगले यसअघि नै दलहरूलाई सिट संख्या तोकेर तीन दिनभित्र समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम पठाउन पत्राचार गरेको थियो। सोही अनुसार दलहरूले आइतबार सूची बुझाएका हुन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार दलबाट प्राप्त सूची सोमबारदेखि समावेशी समूहअनुसार रुजु गरिनेछ। यदि सूचीमा समावेशी समूह नमिलेको पाइएमा सम्बन्धित दललाई सच्याएर पुनः सूची पेश गर्न आयोगले समय दिनेछ।

उनले भने, “सूचीमा त्रुटि देखिएमा मिलाएर ल्याउन दलहरूलाई फेरि पत्राचार गर्छौं। सबै विवरण मिलिसकेपछि मात्रै समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम सूची सार्वजनिक हुनेछ।” अन्तिम सूची सार्वजनिक भएपछि निर्वाचित प्रतिनिधिसभा सदस्यलाई प्रमाणपत्र वितरण गरिनेछ। त्यसपछि निर्वाचन आयोगले प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेश गर्नेछ। सो प्रक्रिया पूरा भएपछि मात्रै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्नेछ।


रास्वपाबाट सबैभन्दा ठूलो प्रतिनिधित्व :
यसपटक समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो प्रतिनिधित्व रास्वपाको हुने भएको छ। रास्वपाले आदिवासी जनजाति, खस–आर्य, दलित, मधेशी, मुस्लिम र थारू समूहबाट विभिन्न प्रतिनिधि सिफारिस गरेको छ।
आदिवासी जनजाति समूहबाट बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुसुज, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुखुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा रहेका छन्।

खस–आर्य समूहबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बोस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा, ज्ञानु पौडेल, प्रभाव ढकाल र रमेश प्रसाई चयन भएका छन्।


दलित समूहबाट रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खियमा विक र प्रकाशचन्द्र दर्जी छन्।
मधेशी समूहबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण चयन भएका छन्। मुस्लिम समूहबाट समिना मियाँ, अफ्सना बानु र गजाला शमिम मिकरानी तथा थारू समूहबाट गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी चयन भएका छन्।


अन्य दलबाट को–को परे ? :
नेपाली कांग्रेसबाट आदिवासी जनजाति समूहमा मदनकृष्ण श्रेष्ठ, भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा छन्। खस–आर्य समूहबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन्। दलित समूहमा हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेशीतर्फ चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा थारू समूहबाट प्रमिलाकुमारी गच्छदार छन्। मुस्लिम समूहबाट साहजान खातुन छन्।

नेकपा (एमाले) बाट आदिवासी जनजाति समूहमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य छन्। खस–आर्य समूहमा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल छन्। दलिततर्फ विष्णुमाया विक र निता घतानी, मधेशीतर्फ रिगला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल तथा मुस्लिम समूहबाट साजिदा सिड्डिकी र थारू समूहबाट कृपाराम राना चयन भएका छन्।


नेकपाबाट आदिवासी जनजातिमा परशुराम तामाङ र भीमकुमार बुढा, खस–आर्यमा प्रमेश हमाल, बलावती शर्मा र प्रेम बयक, दलिततर्फ पार्वती विक र गणेश विश्वकर्मा, मधेशीतर्फ जोगकुमार बर्बरिया यादव र थारू समूहबाट निराशा चौधरी चयन भएका छन्।

नेपाल श्रम संस्कृति पार्टी बाट आदिवासी जनजातिमा पूर्णप्रसाद लिम्बू, खस–आर्यमा अम्बिकादेवी संग्रौला, दलित समूहमा राधिका रम्तेल र मधेशी समूहबाट रुविकुमारी ठाकुर छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आदिवासी जनजातिमा सरस्वती लामा, खस–आर्यमा भरत गिरी र खुस्बु ओली तथा मुस्लिम समूहबाट ताहिर अली चयन भएका छन्। निर्वाचन आयोगले समावेशी मापदण्डअनुसार अन्तिम मिलान सकेपछि मात्रै समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि प्रतिनिधिसभाको पूर्ण संरचना तय हुने र सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button