लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

राप्रपाको समानुपातिक सांसद ; चारजनाको नाम आयोगमा

प्रहार समाचार । १ चैत २०८२, आइतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत चार सांसदको नाम सिफारिस गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यकारी समिति बैठकले समानुपातिक चार सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सिफारिस भएका सांसदमा महोत्तरीका भरत गिरी (खस आर्य पुरुष), रुपन्देहीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुशी ओली (खस आर्य महिला) र धादिङकी सरस्वती लामा (जनजाति महिला) रहेका छन्।सिफारिस गरिएको नाम निर्वाचन आयोगमा पठाइएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिक प्रणालीबाट चार सिट र प्रत्यक्ष प्रणालीबाट एक सिट जितेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button