लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

समानुपातिक सूची तयार: रास्वपाले ५७ नाम आयोगमा बुझाउने ।

प्रहार समाचार । १ चैत २०८२, आइतबार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

सिफारिस गरिएका नाममध्ये खसआर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ४ जना रहेका छन्। पार्टीले केन्द्रीय कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरूको टोलीमार्फत तोकिएको समयभित्रै नामावली निर्वाचन आयोगमा बुझाउने जनाएको छ।रास्वपाले भने ती नामहरू तत्काल सार्वजनिक नगर्ने बताएको छ।

राजनीतिक तथा कानुनी प्रक्रिया अनुसार आयोगले सूची रुजु गरी प्रमाणित नगरेसम्म ती नामहरू प्रस्तावित मात्र हुने भएकाले प्रमाणिकरणपछि निर्वाचन आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता झाले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button