समाचार

इरानसँग सम्झौता सम्भावना तर शर्त कमजोर: ट्रम्प

प्रहार समाचार । १ चैत २०८२, आइतबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले सम्झौता गर्न इच्छा व्यक्त गरेको बताएका छन्। तर हालसम्म आफू भने उक्त सम्झौताका लागि तयार नरहेको उनको भनाइ छ। उनले इरानले अघि सारेका प्रस्ताव तथा शर्तहरू पर्याप्त सन्तोषजनक नरहेको दाबी गरेका छन्। अमेरिकी टेलिभिजन च्यानल एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन्।

 

ट्रम्पका अनुसार खार्ग टापुस्थित इरानको तेल निर्यात केन्द्रलाई अमेरिकी आक्रमणले पूर्ण रूपमा ध्वस्त पारेको छ। यद्यपि उक्त रणनीतिक स्थानमा अझै थप आक्रमण हुन सक्ने संकेत पनि उनले दिएका छन्। शनिबार राति इरान र इजरायलबीच मिसाइल तथा ड्रोनमार्फत आक्रमण र प्रत्याक्रमण भएको बताइएको छ। त्यस्तै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएइ), कुवेत र कतारले पनि आफ्ना हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोनहरूलाई प्रतिरोध गरिएको दाबी गरेका छन्।

यसैबीच, इराकको बग्दादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न चेतावनी दिएको छ। इरानले शनिबार बग्दादमा रहेको अमेरिकी दूतावास भवनलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको बताइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button