प्रहार समाचार । काठमाडौँ, १ चैत २०८२ आइतबार । जेनजी अभियन्ताले सामाजिक सञ्जालमा एक पोस्टर राखेर आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही गर्नुपर्ने भन्दै जेनजीहरु आन्दोलित भएका हुन् ।























