हेडलाईनसमाचारप्रदेश

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

प्रहार समाचार । काठमाडौं, २९ फागुन २०८२ शुक्रबार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही समयदेखि अस्वस्थ रहेका उनी भक्तपुरको गठ्ठाटारस्थित कोरियन अस्पतालमा उपचाररत थिए।


परिवारका अनुसार निधनपछि मोहनप्रसाद ओलीको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिएको छ। त्यहाँ आफन्त, छिमेकी तथा एमाले नेता–कार्यकर्ताहरूले पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। लामो समयसम्म साधारण जीवन बिताएका उनी परिवारप्रति समर्पित र शान्त स्वभावका अभिभावकका रूपमा चिनिने गरेको बताइन्छ।


पारिवारिक स्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने तयारी गरिएको छ। अध्यक्ष ओलीलाई परेको यस पितृवियोगप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्न थालेका छन्। एकातिर हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा झापाबाट पराजयको पिडा भोगिरहेका ओलीलाई आज फेरि बुबाको निधनले थप चिन्ता थपेको छ । म


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button