हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : हिमाल र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौं, २९ फागुन २०२९ शुक्रबार । देशभरको मौसममा फेरि परिवर्तन देखिएको छ। हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण शुक्रबार देशका धेरै ठाउँमा बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित अधिकांश पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।


महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि यस्तै प्रकृतिको मौसम रहने अनुमान गरिएको छ। यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ भने उच्च हिमाली भेगमा हिमपातको सम्भावना समेत रहेको छ।


रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहने र केही स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। सम्भावित वर्षा र हिमपातका कारण ती क्षेत्रका सर्वसाधारण, यात्रु तथा यातायात सञ्चालन गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button