प्रहार समाचार । तनहुँ, २५ फागुन २०८२ सोमबार । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ तनहुँ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। आज बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गर्दै जिल्लामा स्पष्ट अग्रता कायम गरेको हो। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार रास्वपाले ६९ हजार १ सय ३२ मत प्राप्त गरेको छ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले २७ हजार ४ सय३९ मत प्राप्त गर्दा नेकपा (एमाले) ले १५ हजार ९ सय४० मत पाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६ सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन हजार ६७, श्रम संस्कृति पार्टीले द हजार ७ सय ४२ तथा मङ्गोल नेसनल अर्गनाइजेसनले ७ सय ३३ मत प्राप्त गरेका छन्।
तनहुँ क्षेत्र नम्बर १ मा पनि रास्वपा नै पहिलो दल बनेको छ। यस क्षेत्रमा रास्वपाले ३८ हजार ८ सय ७ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १५ हजार १७२ मत ल्याउँदा नेकपा (एमाले) ले पाँच हजार ९ सय ६० मत पाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८ सय ४८, राप्रपाले एक हजार ७ सय ७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२ तथा मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ मा पनि रास्वपाले अग्रता कायम गरेको छ। यस क्षेत्रमा रास्वपाले ३० हजार ३२५ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १२ हजार २६७ र नेकपा (एमाले) ले नौ हजार ९८० मत पाएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१० तथा मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेका छन्।

























