हेडलाईनसमाचारविजनेसप्रदेश

राजनीतिक संकेतले सेयर बजारमा उछाल, नेप्सेमा ४ प्रतिशत सर्किट

प्रहार समाचार ।काठमाडौँ, २५ फागुन २०८२ सोमबार । नेपालको देखिएको पछिल्लो राजनीतिक स्थितिले सेयर बजारमा उत्साह देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा दुईतिहाइ नजिक पुग्ने संकेत देखिएपछि लगानीकर्तामा सकारात्मक मनोभाव बढेको हो। यही कारण बजार खुलेको केही मिनेटमै सेयर बजारमा तीव्र वृद्धि देखिएको छ। तस्बिर : प्रहार अनलाईन मिडिया

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०८.६ अंकले बढेर २८२१.१० बिन्दुमा पुगेको छ, जुन करिब ४ प्रतिशतको वृद्धि हो। बजार खुलेको छोटो समयमै ४ प्रतिशतको सकारात्मक सर्किट लागेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।


लामो समयपछि बजारमा यस्तो सकारात्मक सर्किट लागेकाले लगानीकर्तामा उत्साह बढेको छ। अधिकांश कम्पनीका सेयर मूल्य पनि सर्किट नजिक पुगेका छन्। राजनीतिक परिवर्तनको सम्भावनासँगै बजारमा आएको यो उछालले लगानीकर्तालाई थप आशावादी बनाएको देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button