हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

टि–२० विश्वकप : भारतको ऐतिहासिक ह्याट्रिक, न्युजिल्यान्ड ९६ रनले पराजित

प्रहार समाचार । भारत , २५ फागुन २०८२ सोमबार । भारतको अहमदाबादमा हिंजो भएको टी–२० विश्वकप फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै तेस्रो पटक विश्वकप उपाधि जितेको छ। योसँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो राष्ट्र बनेको छ भने लगातार दुई संस्करण जितेर उपाधि रक्षा गर्ने पहिलो टोली पनि बनेको छ। घरेलु मैदानमा भएको फाइनलमा भारतले प्रभावशाली प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको हो। तस्बिर : एएफपी/ रासस

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल बनायो। सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। अभिषेक शर्माले २१ बलमा ५२ रन तथा ईशान किशनले ५४ रनको योगदान दिएपछि भारतले ठूलो स्कोर खडा गरेको थियो।
२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमै १५९ रनमा अलआउट भयो। टिम सेइफर्टले ५२ रन र कप्तान मिचेल सान्टनरले ४३ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। भारतका जस्प्रित बुमराहले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिँदै न्युजिल्यान्डको इनिङ्स धराशायी बनाए।


सामसन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ३२१ रनसहित ‘प्लेयर अफ द सिरिज’ घोषित भए भने बुमराह ‘प्लेयर अफ द फाइनल’ बने। यस जितसँगै भारतले घरेलु मैदानमा पहिलो पटक टी–२० विश्वकप जित्ने इतिहास बनाएको छ। प्रतियोगितामा नेपालसहित २० राष्ट्रको सहभागिता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button