हेडलाईनसमाचारप्रदेश

ओली आफ्नै गढमा कमजोर, झापा–५ मा बालेन शाहको एकल दबदबा

प्रहार समाचार । दमक,२३ फागुन २०८२ शनिबार । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले मतगणनामा अत्यन्त बलियो अग्रता कायम गर्दै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने संकेत देखाएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै ठूलो मतान्तरले पछाडि पार्दै झापा–५ मा एकल दबदबा बनाएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४४ हजार ३५० मत गणना हुँदा शाहले २८ हजार १५२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने ७ हजार ३९३ मत मात्रै पाएका छन्। शाह ओलीभन्दा झण्डै चार गुणा बढी मतसहित धेरै अगाडि रहेकाले यो परिणामलाई ओलीकै राजनीतिक गढमा आएको ठूलो चुनौतीका रूपमा विश्लेषण गर्न थालिएको छ।


यसैबीच अन्य उम्मेदवारहरू भने निकै पछाडि देखिएका छन्। श्रम संस्कृति पार्टीका समीर तामाङले ४ हजार ११५ मतसहित तेस्रो स्थान बनाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ८२४ मत पाएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहे पनि शाहको अग्रता भने अत्यन्त बलियो देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button