हेडलाईनसमाचारबागमती

काठमाडौंमा पुराना दल साफ, १० वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक बचश्व निश्चित

प्रहार समाचार । काठमाडौं, २२ फागुन २०८२ शुक्रबार । प्रतिनिधिसभा निर्वाचन २०८२ मा राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व प्रदर्शन गर्दै पुराना राजनीतिक दललाई लगभग साफ पार्ने अवस्थामा पुगेको छ। मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले जित हात पार्ने निश्चित जस्तै देखिएको छ ।

चार क्षेत्रमा आधिकारिक जित निकालिसकेको रास्वपाले बाँकी छ क्षेत्रमा पनि फराकिलो मतान्तरसहित अग्रता कायम गर्दै राजधानीमा ‘क्लिनस्विप’ गर्ने अवस्थामा पुगेको हो।
काठमाडौं–१ मा रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित निर्वाचित भएकी छन् भने काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। त्यसैगरी काठमाडौं–६ मा शिशिर खनाल २७ हजार ७१९ मतसहित निर्वाचित हुँदा काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याउँदै विजयी भएका छन्। यी परिणामले राजधानीमा रास्वपाको प्रभाव झनै बलियो भएको संकेत गरेका छन् ।


अन्य क्षेत्रमा पनि रास्वपाको स्पष्ट अग्रता देखिएको छ। काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट फराकिलो मतान्तरसहित जित नजिक पुगेका छन्। पछिल्लो मतपरिणामले काठमाडौंका मतदाताले पुराना दलभन्दा नयाँ शक्तिप्रति झुकाव देखाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button