प्रहार समाचार । रुकुम पूर्व, २२ फागुन २०८२ शुक्रबार । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा पूर्वप्रधानमन्त्री तथा नेकपाली कम्यूनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

हिंजो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले १० हजार २ सय ४० मत प्राप्त गर्दै विजयी भएका हुन्। १९ हजार १ सय ८८ मत गणना हुँदा प्रचण्डले आफ्ना प्रतिस्पर्धीहरूलाई स्पष्ट अन्तरले पछि पारेको निर्वाचन कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४. हजार ६२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत मात्र प्राप्त गरेर चित्त बुझाउनु पर्यो ! प
३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा यसपटक १९ हजार १ सय८८ मत खसेको थियो। परिणाम सार्वजनिक भएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीय कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले बधाई दिँदै खुसी व्यक्त गरेका छन्। यस जितलाई प्रचण्डले राजनीतिक प्रभाव र पार्टी संगठनको बलियो आधार रहेको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ।



























