हेडलाईनसमाचारप्रदेश

प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

प्रहार समाचार । काठमाडौँ, २१ फागुन २०८२ बिहीबार । प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा यस्तो अनुमान सार्वजनिक गरेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउनु चुनौतीपूर्ण भए पनि समग्रमा मतदान उत्साहजनक रूपमा सम्पन्न भएको छ। उनले देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिँदै विस्तृत विवरण संकलनको काम भने अझै जारी रहेको बताए।


आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ। यस निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए भने प्रतिनिधिसभाको १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक सिटका लागि देशभर मतदान भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button