हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा मतदान उत्साहजनक : अहिलेसम्म ४७ प्रतिशत मत खस्यो

प्रहार समाचार । तनहुँ, २१ फागुन २०८२ बिहीबार । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तनहुँमा मतदान उत्साहजनक देखिएको छ । बिहीबार दिउँसो साढे ३ बजेसम्म जिल्लामा ४७.२३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार कुल मतदातामध्ये १ लाख २० हजार १ सय ४३ जनाले मतदान गरिसकेका छन् । मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति देखिएकाले अन्तिम समय साँझ ५ बजेसम्म मत प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार क्षेत्र नम्बर १ मा १ लाख २६ हजार ८ सय ८२ र क्षेत्र नम्बर २ मा १ लाख २७ हजार ५ सय १५ मतदाता रहेका छन् । मतदाताको सहभागिता उत्साहजनक देखिएकाले मतदान शान्तिपूर्ण रूपमा जारी रहेको उनले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button