प्रहार समाचार । तनहुँ, २१ फागुन २०८२ बिहीबार । आज भइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँको व्यास नगरपालिका–११ मा किरिया बसेका दुई जनाले पनि मतदानमा सहभागी हुँदै आफ्नो मताधिकार प्रयोग गरेका छन्।

स्थानीय तिलकबहादुर खड्का र समुन्द्र खड्काले पारिवारिक शोककै बीच मतदान केन्द्र पुगेर मत खसालेका हुन्। उनीहरू व्यास ११, बेलटारीस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेको मतदान अधिकृत सुदीप कंडेलले जानकारी दिए ।
कंडेलले दुबै जनाले निर्धारित प्रक्रिया अनुसार शान्तिपूर्ण रूपमा मतदान गरेका बताए । शोकको अवस्थामा पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको घटनालाई स्थानीयले नागरिक कर्तव्यप्रतिको जिम्मेवारीका रूपमा लिएका छन्।

























