हेडलाईनसमाचारप्रदेश

कालोसूचीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साह कमलको उम्मेदवारी खारेज

प्रहार समाचार । काठमाडौँ,१९ फागुन २०८२ मङ्गलबार । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको आधिकारिक प्रमाण पेश भएपछि साहको उम्मेदवारी रद्द गरिएको हो। निर्वाचनसम्बन्धी कानुनी प्रावधानअनुसार कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी कायम राख्न नमिल्ने व्यवस्था छ।
उम्मेदवारी खारेज भएसँगै धनुषा–१ को चुनावी समीकरणमा महत्वपूर्ण फेरबदल आएको छ। रास्वपाबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका साह बाहिरिएपछि उक्त क्षेत्रमा अब प्रमुख रूपमा तीन दलबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि साहले विभिन्न चुनावी कार्यक्रममार्फत मतदातासँग मत माग्दै आएका थिए। तर आयोगको निर्णयसँगै उनी औपचारिक रूपमा चुनावी दौडबाट बाहिरिएका छन्।

अब उक्त क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादवबीच मुख्य प्रतिस्पर्धा हुनेछ। बिहीबार हुने मतदानअघि आएको यो निर्णयले मतदाताको झुकाव र दलहरूको रणनीतिमा असर पार्ने अनुमान गरिएको छ। निर्वाचन आयोगले भने कानुनअनुसार निर्णय गरिएको स्पष्ट पारेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button