हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

मध्यपूर्वमा बढ्दो तनाव : कतार–इरानमा रहेका नेपालीलाई अनलाइन विवरण भर्न दूतावासको आग्रह

प्रहार समाचार । दोहा, १९ फागुन २०८२ मङ्गलबार । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका कारण सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै नेपाली राजदूतावास ले कतार र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अनलाइनमार्फत अद्यावधिक गर्न आग्रह गरेको छ। आपतकालीन उद्धार तथा आवश्यक समन्वय सहज बनाउन कन्सुलर सेवा विभागले विशेष वेब पोर्टल सञ्चालनमा ल्याएको दूतावासले जनाएको छ।


दूतावासका अनुसार कतार वा इरानमा बसोबास तथा रोजगारीका सिलसिलामा रहेका नेपालीले कन्सुलर सेवा विभागद्वारा तयार गरिएको वेब पोर्टलमा गई आफ्नो व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ।

https://legal.nepalconsular.gov.np/urgent-rescue⁠� लिंकमार्फत पहुँच गर्न सकिने उक्त पोर्टलमा नाम, ठेगाना, सम्पर्क नम्बर, कार्यस्थललगायतका आधारभूत विवरण भर्न अनुरोध गरिएको छ। आवश्यकता परेमा उद्धार, सूचना आदानप्रदान तथा समन्वय छिटो र प्रभावकारी बनाउन यो तथ्यांक उपयोगी हुने दूतावासले स्पष्ट पारेको छ।


मध्यपूर्वमा विकसित संवेदनशील परिस्थितिका कारण नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो पहल गरिएको दूतावासको भनाइ छ। साथै, सम्बन्धित लिङ्क वा उपलब्ध गराइएको QR कोड प्रयोग गरी समयमै विवरण प्रविष्ट गर्न सबैलाई अनुरोध गरिएको छ। दूतावासले आधिकारिक सूचना र निर्देशनका लागि आफ्नो आधिकारिक माध्यमहरू नियमित रूपमा हेर्न पनि आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button