हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

विदामा पनि तनहुँ जिल्ला अदालत खुल्ने

प्रहार समाचार । तनहुँ, १९ फागुन २०८२ मङ्गलबार ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिएको भए पनि तनहुँ जिल्ला अदालतले अत्यावश्यक सेवा भने निरन्तर राख्ने भएको छ। निर्वाचन र त्यसपछि परेको बिदाका कारण नागरिकको न्यायमा पहुँच नरोकिने भन्दै अदालतले विशेष समय निर्धारण गरेको हो।

अदालतका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) रिट निवेदन दर्ता तथा सुनुवाइ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ अनुसार पक्राउ पुर्जी जारी गर्न अनुमति दिने कार्य सञ्चालन गरिनेछ। यी सेवा अत्यावश्यक प्रकृतिका भएकाले बिदाका दिन पनि खुला राखिएको जनाइएको छ।


सूचनाअनुसार फागुन २१ गते निर्वाचनको दिन र २३ गते शनिबार बाहेक २०, २२ र २४ गते बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ। अदालतका स्रेस्तेदार (उपसचिव) नन्दप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button