हेडलाईनसमाचारप्रदेश

आज खण्डग्रास चन्द्रग्रहण, एक घण्टा देखिने दुर्लभ दृश्य

प्रहार समाचार । काठमाडौं,१९ फागुन २०८२ मङ्गलबार । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज साँझ आकाशमा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार ग्रहण मंगलबार दिउँसो ३ः३४ बजे स्पर्श गरे पनि नेपालमा भने चन्द्रोदयपछि मात्र देखिनेछ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुका ६ः०३ बजे चन्द्रमा उदाउँदा नै आधा भाग ढाकिएको अवस्थामा देखिनेछ भने ७ः०२ बजे ग्रहण सकिनेछ ।

वैज्ञानिक रूपमा पृथ्वी, सूर्य र चन्द्रमा एउटै सीधामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा परेपछि चन्द्रग्रहण लाग्छ । पूरा भाग ढाकिए खग्रास र केही भाग मात्रै ढाकिए खण्डग्रास भनिन्छ । यसपटक नेपालबाट करिब एक घण्टा मात्र दृश्य अवलोकन गर्न पाइनेछ । यस वर्ष नेपालमा देखिने यो दोस्रो चन्द्रग्रहण हो ।


धार्मिक मान्यताअनुसार चन्द्रग्रहणमा तीन प्रहरअघि सुतक लाग्ने बताइन्छ । धर्मशास्त्रविद्हरूका अनुसार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन नगर्नु पर्ने मान्यता छ । ग्रहणका बेला स्नान, जप, ध्यान र दान पुण्य गर्नु फलदायी हुने विश्वास छ भने तीर्थस्थल वा नजिकैको जलाशयमा स्नान गर्न सकिने उल्लेख धार्मिक ग्रन्थमा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button