हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

यूएईमा ड्रोन हमलामा गोरखाका दिवसको निधन : बिहेको सपना अधुरो रह्यो

प्रहार समाचार । गोरखा, १९ फागुन २०८२ मङ्गलबार । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ अबुधाबीमा भएको ड्रोन हमलामा ज्यान गएको छ ।

केही समयअघि मात्र नेपाल आएर परिवारसँग भेटेका दिवसको “अर्कोपटक आउँदा बिहे गर्छु” भन्ने सपना अधुरो रह्यो।
दिवसको बुबासँगको अन्तिम फोन संवाद अहिले परिवारका लागि सबैभन्दा पीडादायी सम्झना बनेको छ। उनी परिवारसँग खुसी बाँडेर फर्किएका थिए, तर कामका लागि फर्कँदा जीवनको अन्त्य भयो । उनी मिडिल इस्ट कम्पनी ( Middle East Company) मा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । नेपाली राजदूतावास अबुधावीले यस घटनाप्रति नेपाली राजदूतावासले परिस्थिति सहज भएपश्चात दिवङ्गतको पार्थिव शरीर स्वदेश ल्याउने काममा सहयोग गर्ने जनाएको छ। साथै दुतावासले युएईमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित रहन, संयम अपनाउन र युएई सरकारद्वारा जारी सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ। दुतावासले श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै दिवङ्गतको परिवारप्रति हार्दिक समवेदना जनाएको छ।


घटनापछि गोरखामा शोक छाएको छ। गाउँले र परिवारले दुःख व्यक्त गर्दै नेपालमा शव ल्याएर अन्त्यष्टि गर्न सरकारसँग सहयोग माग गरेका छन्। वैदेशिक रोजगारीमा रहेका युवाको सुरक्षाबारे फेरि प्रश्न उठेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button