हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य हाल सम्मकै उच्च : मध्यम वर्गकालागि गहना अब सपना जस्तै

प्रहार समाचार । काठमाडौं, १७ फागुन २०८२ आइतबार ।स्थानीय बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकै दिन एक तोलामा अस्वभाविक रूपमा ५ हजार ६ सय रुपैया बढेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ । एकै दिन तोलामा ५ हजार बढिका दरले बढेपछि ६ सुन आम उपभोक्ताको पहुँचभन्दा झन् टाढा पुगेको छ । विशेषगरी विवाह, व्रतबन्ध र चाडपर्वका लागि सुन किन्नुपर्ने मध्यम वर्गीय परिवार मूल्यवृद्धिले सबैभन्दा बढी मारमा परेका छन् ।

यसअघि शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । छोटो अवधिमै भएको यो वृद्धिले बजारमा असन्तुलन बढाएको व्यवसायीहरू बताउँछन् । चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।
मूल्यवृद्धिसँगै बजारमा कारोबार घटेको छ । गहना पसलहरूमा भीड देखिए पनि खरिद गर्ने ग्राहकको संख्या घट्दो छ । व्यवसायीहरूका अनुसार धेरै ग्राहकले पुराना गहना साटासाट गर्ने वा सानो परिमाण मात्र किन्ने प्रवृत्ति बढेको छ । बढ्दो मूल्यले उपभोक्ताको क्रयशक्ति कमजोर बनाउँदै लगेको उनीहरूको भनाइ छ ।


अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावले मूल्यमा दबाब परेको विश्लेषण गरिए पनि यसको सीधा असर नेपाली उपभोक्तामाथि परेको छ । आयस्तर स्थिर रहँदा सुनको मूल्य निरन्तर बढ्नुले मध्यम वर्गका लागि गहना खरिद अब आवश्यकता होइन, सोच्नैपर्ने विलासिता बन्दै गएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button