हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाड र हिमालमाली क्षेत्रमा वर्षा सङ्गै हिमपात, तराईमा हुस्सु र तुँवालो

प्रहार समाचार । काठमाडौं, १३ फागुन २०८२ बुधबार । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका केही स्थानमा मौसम बदली रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लागेको विभागले जनाएको छ।

दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


रातिको समयमा पनि पहाड र हिमालमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा बादल लाग्नेछ भने तराई भूभागमा मौसम प्रायः खुला रहने विभागको भनाइ छ। तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्ने भएकाले बिहान र रातिको समयमा आवागमन गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button