हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति नेपाली कांग्रेसमा प्रवेश

प्रहार समाचार । काठमाडौं, १२ फागुन २०८२ मङ्गलबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश होमागाईंले पार्टी परित्यागगर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रदेशस्तरको जिम्मेवारीमा रहेका नेताको यो कदमलाई बागमती प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा होमागाईंलाई नेपाली कांग्रेसका सभापति नेता गगन कुमार थापाले पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा बोल्दै थापाले लोकतन्त्र, संविधान र नागरिक अधिकारको पक्षमा कांग्रेसको भूमिका अझ बलियो बनाउने क्रममा अनुभवी र सक्रिय व्यक्तिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गरे।


कांग्रेस प्रवेशपछि होमागाईंले रास्वपामा रहँदा जनअपेक्षा अनुसार काम गर्न कठिन हुँदै गएको अनुभव भएको बताएका छन्। उनले राजनीतिक स्थायित्व, संस्थागत लोकतन्त्र र दीर्घकालीन नीतिगत स्पष्टताका लागि आफूले कांग्रेस रोजेको उल्लेख गरे। उनले भने ‘अब कांग्रेसमार्फत जनताको मुद्दा प्रभावकारी रूपमा उठाउने प्रयास गर्ने छु।’


रास्वपाका बागमती प्रदेशस्तरीय जिम्मेवार नेताको बहिर्गमनलाई पार्टीभित्र देखिँदै आएको असन्तुष्टि र नेतृत्व व्यवस्थापनसँग जोडेर विश्लेषण गरिएको छ। उता नेपाली कांग्रेस भने होमागाईंको प्रवेशलाई संगठन सुदृढीकरण र बागमती प्रदेशमा प्रभाव विस्तार गर्ने अवसरका रूपमा लिएको छ। यस घटनाले प्रदेश राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गर्ने देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button