हेडलाईनसमाचारगण्डकीऋषिङ

‘एमालेले लोककल्याणकारी र जनपक्षीय कामगर्दै आएको छ ।’- सिग्देल

प्रहार समाचार । तनहुँ, ११ फागुन २०८२ सोमबार । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेकपा (एमाले) तनहुँ क्षेत्र नं. २ का उम्मेदवार केदार सिग्देलले नेपाल कम्यूनिष्ट पार्टी एमालेले लोककल्याणकारी र जनपक्षीय काम गर्दै आएको बताएका छन्। हिंजो रिसिङमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै सिक्देलले एमालेका कार्यक्रम नारामा सीमित नभई जनजीवनमै देखिने र गन्न सकिने काम भएको बताए ।

सिग्देलले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पालामा वृद्धभत्ता सुरु भई अहिले मासिक चार हजार रुपैयाँ पुगेको स्मरण गराउँदै, यसले वृद्धवृद्धाको जीवनयापनमा ठोस टेवा पुर्‍याएको उल्लेख गरे। एकल महिला, विधवा र अपाङ्ग भत्ता तथा विद्यालयमा बालबालिकाका लागि खाजा कार्यक्रम पनि एमाले सरकारकै पहल भएको भन्दै, यी योजना गरिब तथा विपन्न वर्गका लागि प्रत्यक्ष राहत बनेको उनको भनाइ थियो।


पूर्वाधारतर्फ उनले आफू सांसद हुँदा गाईघाट–गल्याङ सडक स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए। ठेकेदार कम्पनीको बदमासीका कारण अलपत्र परेको उक्त सडक अदालतको निर्णयसँगै पुनः निर्माणको चरणमा गएको र थप ३० करोड बजेट टेन्डर प्रक्रियामा रहेको सिग्देलले बताए। सडक सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाउने उनको दाबी छ।


यसैगरी शालिकराम करिडोर तथा शाखा सडकलाई मुख्य सडकसँग जोड्ने काम पनि अघि बढिरहेको सिग्देलले बताए। “जनताको चाहना, आवश्यकता र भुगोल सबैभन्दा नजिकबाट बुझ्ने उम्मेदवार म हुँ,” भन्दै उनले आफ्नो जित जनताको जित हुने र निर्वाचित भएपछि जनआवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button