हेडलाईनसमाचारप्रदेश

धादिङमा बस दुर्घटना : तनहुँका ३ जनासहित १९ जनाको निधन

प्रहार समाचार । तनहुँ, ११ फागुन २०८२ सोमबार । धादिङमा भएको बस दुर्घटनामा तनहुँका तीन जनासहित १९ जनाको ज्यान गएको छ। पोखराबाट काठमाडौं जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडामा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक जानकारी छ। दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो। घाइतेहरूलाई काठमाडौं र आसपासका अस्पतालमा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।


धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म ९ जनाको मात्र सनाखत भएको छ भने अन्य मृतकको पहिचान खुल्ने क्रम जारी छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनामा मृत्यु हुने तनहुँका तीन जनाको पहिचान भइसकेको छ। व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको पुष्टि गरिएको छ। यस घटनाले तनहुँसहित विभिन्न जिल्लामा शोक छाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button